बिहीबार, असार ११,२०८३ 08:33:56
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:33:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तथा AML/CFT तालिम तथा सेमिनार सम्पन्न

Laxmi Sunrise Bank Limited
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तथा AML/CFT तालिम तथा सेमिनार सम्पन्न

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनुपालन तथा  AML/CFT तालिम तथा सेमिनार सम्पन्न गरेको छ । कम्पनीले फागुन १० गते बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु,विभागीय प्रमुखहरु,तथा बाग्मति प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यकाभित्रका शाखा प्रबन्धकहरु समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा  AML/CFT तालिम तथा सेमिनारको आयोजना गरेको हो  

उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख,तथा प्रदेश प्रमुख,शाखा प्रबन्धकहरुलाई अनुपालन तथा  AML/CFT को बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए । 

New Office
CG Motors
Garima Development Bank

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियामक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकहरुलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोही अवसरमा श्रेष्ठले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुखमार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेरमात्र कार्य गर्न निर्देशन दिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.