बुधबार, भाद्र २५,२०८२ 04:10:24
  • बुधबार, भाद्र २५,२०८२ 04:10:24
Global IME Bank Limited

निर्जीवन बीमकले संकलन गरे रु.२४.२७ अर्ब प्रिमियम, नम्बर वानमा शिखर इन्स्योरेन्स

Hyundai Nepal
निर्जीवन बीमकले संकलन गरे रु.२४.२७ अर्ब प्रिमियम, नम्बर वानमा शिखर इन्स्योरेन्स

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब भन्दा बढी प्रिमियम कलेक्सन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमकले चालु आवको ७ महिनासम्ममा २४ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।  

निर्जीवन बीमकहरुको यो व्यवसाय गत आवको सो अवधिसम्मको तुलनामा ७.८० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५१ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए ।  

गत आवको तुलनामा ४ बीमकको व्यवसाय घटेको छ भने १० कम्पनीको बीमाशुल्क आर्जन भने उल्लेख्य बढेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनी एक्लैले सो अवधिसम्म ३ अर्ब १३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

मर्जरमा गएका कम्पनीलाई पछि पार्दै शिखर इन्स्योरेन्स व्यवसायमा अब्बल देखिएको छ । निर्जीवन बीमा कम्पनीहरु मर्जरमा जानुअघि पनि शिखर इन्स्योरेन्स सर्वाधिक व्यवसाय गर्ने कम्पनीको अग्रपंक्तिमा नै थियो । मर्जरपश्चात् कम्पनीको व्यवसाय अन्य कम्पनीको तुलनामा सामान्य कम देखिएपनि चालु आवमा कम्पनीले व्यवसाय बढाउन कम ब्याक गरेको देखिएको छ ।  

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९३ करोड रुपैयाँ प्रिमिमय संकलन गरेको छ । तेस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले पनि सो अवधिसम्म २ अर्ब ४४ करोड रुपैयाँ प्रिमिमय संकलन गर्न सफल भएको छ ।  

यसका साथै आइजीआई प्रुडेन्सियलले २ अर्ब २ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड, हिमालयन एभरेष्टले १ अर्ब ९२ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड, ओरियन्टलले १ अर्ब ५२ करोड, सानिमा जिआइसीको १ अर्ब ३८ प्रतिशत, नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड र नेपाल इन्स्योरेन्सले ६९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बृद्धि गर्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । गत आवको माघ महिनासम्म ८७ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यस कम्पनीले ४४.१६ प्रतिशतले बढाएर १ अर्ब २५ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.