Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अपर तामाकोशीले फागुन १६ गतेदेखि लिलामीमा नपरेकाको पैसा फिर्ता गर्ने,के गर्नुपर्छ पैसा फिर्ता पाउन ?

Global IME Bank Limited
अपर तामाकोशीले फागुन १६ गतेदेखि लिलामीमा नपरेकाको पैसा फिर्ता गर्ने,के गर्नुपर्छ पैसा फिर्ता पाउन ?
Nabil Bank Limited

काठमाण्डो । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले भुक्तानी हुन बाँकी लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा सेयर नपाएका केहि लगानीकर्ताको भुक्तानी हुन बाँकी पैसा फागुन १६ गतेदेखि फिर्ता गर्ने जनाएको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले गत पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख ११ हजार ५३० कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त सेयरको बाँडफाँड माघ १७ गते गरिएको थियो ।  

कम्पनीले बाँडफाँडमा नपरेका आवेदकको सेयरबापतको रकम फिर्ता भुक्तानी ४ कार्यदिनदेखि आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएसमार्फत फिर्ता भुक्तानी गरिएको जनाएको छ ।  

तर केहि आवेदकको आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खाता नम्बर तथा बैंक विवरण नमिलेका कारण आईपीएसमार्फत भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ । कम्पनीले आईपीएसमार्फत भुक्तानी हुन नसकेकाहरुलाई फागुन १६ गतेदेखि भुक्तानीको व्यवस्था गर्न लागेको जनाएको छ ।  

त्यस्ता लगानीकर्तालाई काठमाण्डौ उपत्यकाभित्र नागरिक लगानी कोषमा दरखास्त आवेदन बुझाएकाको हकमा नागरिक लगानी कोष नयाँ बानेश्वरबाट तथा लक्ष्मी सनराइज क्यापिटलमा बुझाएकाको हकमा लक्ष्मी सनराइज क्यापिटल कमलपोखरीबाट चेक बुझिलिन कम्पनीले आह्वान गरेको छ ।  

उपत्यका बाहिर दरखास्त बुझाएकाको हकमा एलएस क्यापिटलको फोन नम्बरमा सम्पर्क गरी आफ्नो बैंक खाता नम्बर लगायतका जानकारी अद्यावधिक गरेपश्चात आईपीएसमार्फत रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.