अप्पर तामाकोसीमा वित्तीय दबाब गहिरिँदै: उत्पादन कमीले १ अर्ब जरिवाना, घाटा १२ अर्ब नाघ्यो
काठमाण्डौ । देशकै ठूलो जलविद्युत् आयोजना Upper Tamakoshi Hydropower Limited (अप्पर तामाकोसी) सञ्चालनमा आएको चार वर्षमै गम्भीर वित्तीय दबाबमा परेको छ। अपेक्षित विद्युत् उत्पादन गर्न नसक्दा कम्पनीले हालसम्म करिब १ अर्ब रुपैयाँ जरिवाना तिरिसकेको छ भने सञ्चित घाटा १२ अर्ब रुपैयाँ नाघेको छ।२०७८ असारदेखि व्यावसायिक उत्पादन सुरु गरेको आयोजनाले प्रारम्भिक चार आर्थिक वर्षमा ९१२४ गिगावाट घन्टा (GWh)...

