बुधबार, असार १०,२०८३ 07:53:02
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:53:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपेबीच रणनीतिक साझेदारी

Laxmi Sunrise Bank Limited
नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपेबीच रणनीतिक साझेदारी

काठमाण्डौ । विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन ‘स्क्यान टु पे’ सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहजर सुविधाजनक बनाउने अपेक्षा गरिएको छ ।  

भिसा र फोनपेको यो ‘स्क्यान टु पे’ सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी क्यूआर व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउने विश्वास गरिएको छ । अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्  ।  

New Office
CG Motors
Garima Development Bank

भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, ‘नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं । यो भिसाको फोनपेसँगको साझेदारीमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, र हामी देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन उत्सुक छौं ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, ‘यो साझेदारी फोनपेको क्यूआर योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो, जसले विश्वभरका भिसा कार्डधारकहरूलाई क्यूआर भुक्तानी स्वीकृति जस्ता वैकल्पिक भुक्तानी मार्गहरूमा निर्बाध र सुरक्षित डिजिटल कारोबार अनुभव प्रदान गर्दछ । भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको मजबूत क्यूआर पूर्वाधारले सीमापार लेनदेनलाई अझ पहुँच योग्य र सुविधाजनक बनाउँदै नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउनेछ । यसले साना – ठूला सबै व्यवसायीहरूलाई फाइदा पुग्नेछ र नेपालमा वित्तीय समावेशीकरणलाई अझ बलियो बनाउनेछ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.