बुधबार, असार १०,२०८३ 07:25:39
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:25:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ललितपुर महानगरको ७.४८ अर्ब बजेट पारित, ५६ प्रतिशत विकासमा केन्द्रित

Laxmi Sunrise Bank Limited
ललितपुर महानगरको ७.४८ अर्ब बजेट पारित, ५६ प्रतिशत विकासमा केन्द्रित

काठमाण्डौ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  

बुधबार सम्पन्न महानगरको नवौँ नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी वर्षका नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन्।

 

New Office
CG Motors
Garima Development Bank

महानगरले यो बजेटलाई स्थिर आर्थिक अवस्थाबीच सेवा प्रवाह सुधार, पूर्वाधार विस्तार र शहरी विकासलाई अघि बढाउने उद्देश्यसहित तयार गरिएको जनाएको छ।  

सीमित स्रोतका बाबजुद नागरिकको बढ्दो आवश्यकता सम्बोधन गर्न सन्तुलित बजेट बनाइएको महानगरको दाबी छ।

कुल विनियोजनमध्ये पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको करिब ५६.६ प्रतिशत हो।  

यसमार्फत सडक विस्तार, पूर्वाधार निर्माण, शहरी विकास तथा अन्य विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिइनेछ।

त्यसैगरी, चालू खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ४३.४ प्रतिशत हो।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कर्मचारी तलब, भत्ता तथा सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्व बढेकाले चालू खर्चको हिस्सा पनि बढेको महानगरले स्पष्ट पारेको छ।

तर, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने पूँजीगत अनुदानमा कमी आउने अनुमानका कारण आगामी वर्षको पूँजीगत बजेटमा करिब ६ प्रतिशतले गिरावट हुने प्रक्षेपण गरिएको छ।

आय व्यवस्थापनतर्फ महानगरले संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त तथा समपूरक अनुदानमार्फत १ अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरेको छ।  

यस्तै, बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ आउने अनुमान गरिएको छ।

आन्तरिक स्रोतका रूपमा मालपोत, रजिस्ट्रेसन शुल्क र मनोरञ्जन करबाट ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।  

बाँकी करिब १ अर्ब ४७ करोड रुपैयाँ अपुग रकम महानगरले आफ्नै नगद मौज्दातबाट पूरा गर्ने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.