शुक्रबार, असार २०,२०८२ 06:53:25
  • शुक्रबार, असार २०,२०८२ 06:53:25
Global IME Bank Limited

मुद्दतिमा निक्षेप राख्दै पैसा कमाउँदै बीमा कम्पनी, सेयर बजारमा कति छ लगानी ?

Hyundai Nepal
मुद्दतिमा निक्षेप राख्दै पैसा कमाउँदै बीमा कम्पनी, सेयर बजारमा कति छ लगानी ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा कुल ६ खर्ब भन्दा बढी लगानी गरेका छन् ।   

नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन तथा १४ निर्जीवन बीमा कम्पनीले मुद्दती निक्षेप, सूचीकृत सेयर, सरकारी ऋणपत्र, म्युचुअल फण्ड तथा संस्थापक सेयर जस्ता विभिन्न क्षेत्रमा ६ खर्ब ८४ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेका हुन् ।  

बीमा प्राधिकरणले लगानी निर्देशिका अन्तर्गत बीमा कम्पनीलाई कायम चुक्तापुँजीको कुन क्षेत्रमा कति प्रतिशत लगानी गर्न पाउने भन्ने व्यवस्था गरिदिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र वा ऋणपत्र, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेञ्चर र ऋणपत्रमा २० प्रतिशतका दरले लगानी गर्न पाउछन् ।  

साथै, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वर्गको बैंक तथा वित्तीय संस्थामा चुक्तापुँजीको १० प्रतिशत र ‘ग’ वर्गको वित्तीय संस्थामा ५ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गर्न पाउछन् ।

यसबाहेक सेयरबजार अर्थात् सूचीकृत कम्पनीको सेयरमा १० प्रतिशत, कृषि उत्पादन तथा वितरण, पर्यटन उद्योग, हाइड्रोपावर, सौर्य उर्जा, केबलकार, सडक विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा १० प्रतिशत, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ५ प्रतिशत र म्युचुअल फण्डमा ५ प्रतिशत रकम लगानी गर्न पाउने प्रावधान रहेको छ ।  

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन् । जीवन तथा निर्जीवन बीमा कम्पनीले यस्तो क्षेत्रमा कुल ५ खर्ब ३० अर्ब १८ करोड लगानी गरेको छ ।  

त्यस्तै, दोस्रोमा बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर तथा ऋणपत्रमा कुल ४८ अर्ब २० करोड रुपैयाँ लगानी छ । साथै तेस्रोमा अन्य क्षेत्रमा लगानी ३७ अर्ब ३३ करोड रुपैयाँ छ ।  

सूचीकृत कम्पनीको बण्ड तथा डिबेञ्चरमा बीमा कम्पनीको २४ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ । साथै सूचीकृत कम्पनीको सेयर अर्थात् सेयरबजारमा कुल १५ अर्ब ८४ करोड रुपैयाँ लगानी रहेको छ ।  

जीवन बीमा कम्पनीको कुन क्षेत्रमा कति लगानी ? 

 

जीवन बीमा कम्पनीहरुले मात्रै विभिन्न क्षेत्रमा ६ खर्ब २२ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेको छ ।  

सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ खर्ब ८० अर्ब ३९ करोड रुपैयाँ लगानी रहेको छ । यसका साथै बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड र डिबेञ्चरमा ४५ अर्ब १२ करोड रुपैयाँ, अन्य लगानी ३५ अर्ब ८३ करोड, सूचीकृत कम्पनीको बण्ड तथा डिबेञ्चरमा २३ अर्ब ४७ करोड रुपैयाँ लगानी रहेको छ ।  

जीवन बीमा कम्पनीहरुले सेयरबजारमा भने १२ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै सामूहिक लगानी कोष तथा म्युचुअल फण्डमा १ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ ।  

निर्जीवन बीमा कम्पनीको लगानी कति ?  

१४ निर्जीवन बीमा कम्पनीहरुले चालु आवको ६ महिनासम्ममा विभिन्न क्षेत्रमा कुल ६२ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ ।

सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४९ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको छ । यसका साथै अग्राधिकार सेयर, बण्ड र डिबेचञ्रमा ३ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ ।  

निर्जीवन बीमा कम्पनीको अन्य लगानी १ अर्ब ९९ करोड रुपैयाँ छ । यता सूचीकृत कम्पनीको सेयर अर्थात् सेयरबजारमा कुल ३ अर्ब ४७ करोड ५९ लाख रुपैयाँ लगानी रहेको छ ।  

साथै सामूहिक लगानी कोष तथा म्युचुअल फण्डहरुमा निर्जीवन बीमा कम्पनीको ७० करोड ७२ लाख रुपैयाँ लगानी रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.