बुधबार, असार १०,२०८३ 04:55:15
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:55:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा कम्पनीहरुद्वारा झण्डै दुई अर्ब दाबी भुक्तानी, कुनबाट कति ?

Laxmi Sunrise Bank Limited
बीमा कम्पनीहरुद्वारा झण्डै दुई अर्ब दाबी भुक्तानी, कुनबाट कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले झण्डै दुई अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षति भई परेको दाबीको बीमकहरुले असोज २८ गतेसम्ममा १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।  

नेपाल पुनर्बीमा कम्पनीले बीमकहरुलाई बीमा वापतको पौने २ अर्ब रुपैयाँ दिएपछि बीमा कम्पनीहरुले भटाभट अग्रिम भुक्तानी सुरु गरेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १८ बीमा कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ बराबरको बीमा दाबी (अग्रिम भुक्तानी सहित) भुक्तानी गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

साथै, प्राधिकरणका अनुसार सो अवधिसम्म बीमा कम्पनीहरुमा कुल ३ हजार १६३ वटा दाबी अर्थात् २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । अझैपनि बीमा कम्पनीहरुले २३ अर्ब भन्दा दाबीको भुक्तानी दिन बाँकी रहेको ।  

सो अवधिसम्म सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्योरेन्समा परेको छ । कम्पनीमा कुल ३९४ वटा दाबीको ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी छ । कम्पनीले ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्समा ४३३ वटा बीमाको २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीमा ३४२ वटा बीमाको १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमा शिखरले ४२ करोड २७ लाख र सगरमाथा लुम्बिनीले २ करोड ७९ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.