काठमाण्डौ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २६ हजार २३४.४६ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा रूपान्तरण गरिएको छ। उक्त रूपान्तरणपछि संस्थाको प्रमोटर तथा सर्वसाधारण सेयरधनीको अनुपातमा परिवर्तन आएको छ।
नयाँ सेयर संरचनाअनुसार संस्थामा संस्थागत समूहको स्वामित्व ५३.७१६ प्रतिशत कायम रहेको छ भने सर्वसाधारण समूहको स्वामित्व ४६.२८४ प्रतिशत पुगेको छ।
यस परिवर्तनसँगै कम्पनीको सार्वजनिक स्वामित्व बढेको छ, जसले दोस्रो बजारमा सेयरको कारोबारयोग्य मात्रा वृद्धि हुनेछ।

