बुधबार, असार १०,२०८३ 02:28:39
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:28:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘एमबीएल ईक्विटी फण्ड’को इकाई बाँडफाँड

Laxmi Sunrise Bank Limited
‘एमबीएल ईक्विटी फण्ड’को इकाई बाँडफाँड

काठमाण्डौ । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई बाँडफाँड गरिएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको यो योजना’को इकाई चैत १४ गतेका दिन बाँडफाँड गरिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

यो योजना’को १२ करोड  इकाइको बिक्री आवेदन गत फागुन २२ गतेदेखि चैत ७ गतेसम्म खुला गरिएको थियो । यो योजनाको प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १२ लाख इकाई तथा योजना व्यवस्थापक माछापुच्छ्र्रे क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ६८ लाख कोष प्रवद्धक माछापुच्छ्रे बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर बिक्री आवेदन खुला गरिएको मितिसम्म निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाई खरिदका लागि आवेदन आवेदन परेकाले प्रकाशित विवरण तथा सामुहिक लगानी कोष निर्देशिकामा भएको व्यवस्थाबमोजिम योजनाको आकार वृद्धि गरी १२ करोड १६ लाख २५ हजार ३३० इकाई कायम गरिएको र सोही बमोजिम रितपूवर्क आवेदन दिने आवेदकहरुलाई आवेदन माग गरेबमोजिम १ करोड ३३ लाख ८१ हजार ५३० इकाई तथा बिजपूँजी बापत कोष प्रवद्र्धक माछापुच्छ्रे बैंकलाई १३.८१ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाई र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई १.१९ प्रतिशत अर्थात १४ लाख ४३ हजार ८ सय इकाई बाँडफाँग गरिएको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।      

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.