काठमाण्डौ । भारतको केन्द्रीय बैंक,‘भारतीय रिजर्भ बैंक(आरबीआई)’ले रेपो दरमा कटौतीको घोषणा गरेको छ । आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बुधबार मौद्रिक नीति समितिको बैठकमा यो निर्णय गरेको जानकारी दिका हुन् । जसका कारण गृह ऋण सस्तो हुने सम्भावना छ।
सञ्जय मल्होत्राले भने, ‘आर्थिक अवस्था र भावी अवस्थालाई राम्ररी मूल्याङ्कन गरेपछि मौद्रिक नीति समिति .एमपीसी) ले रिपो दरलाई ०.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत गर्ने निर्णय गरेको छ । यसलाई तत्काल कार्यान्वयन गरिनेछ।’
हाल रिपो दर ६.२५ प्रतिशत थियो जुन अब ६ प्रतिशतमा झार्नेछ । गभर्नर सञ्जय मल्होत्राले आर्थिक अवस्था द्रुत गतिमा परिवर्तन हुँदै गएकाले त्यसमा निरन्तर नजर राख्नु र समय समयमा मूल्याङ्कन गर्नु अत्यन्त जरुरी भएकोमा जोड दिए।
यो वर्ष आरबीआईले रेपो दर परिवर्तन गरेको यो दोस्रो पटक हो। यसअघि आरबीआईले फेब्रुअरीमा ०.२५ प्रतिशतले रेपो दर घटाएको थियो।