काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये नाफा आर्जनमा गरिमा विकास बैंक अगाडि देखिएको छ ।
फागुन मसान्तसम्मको अवधिमा गरिमा विकास बैंकले ८३ करोड ४० लाख नाफा आर्जन गर्दै आफूलाई नम्बर वान बनाएको हो ।
गरिमालाई पछ्याउँदै ७८ करोड ७० लाख नाफासहित मुक्तिनाथ विकास बैंक दोश्रो नम्बरमा छ ।
साइन रेसुंगा डेभलपमेन्ट बैंक ५६ करोड ४० लाख नाफासहित तेश्रो नम्बरमा छ भने ४२ करोड १० लाख नाफासहित महालक्ष्मी विकास बैंक चौथो नम्बरमा रहेको छ ।
नाफामा सांग्रिला बैंकले आफूलाई क्रमशः अगाडि बढाउँदै लगेको देखिएको छ । यो बैंकले ८ महिनाको अवधिमा ४० करोड ६ लाख नाफा कमाएको छ।
कामना सेवा विकास बैंक ८ महिनासम्ममा महालक्ष्मीभन्दा पछाडि परेको छ, जसको नाफा ३७ करोड २० लाखमा सीमित बन्न पुगेको छ ।
ज्योति विकास बैंकको नाफा ३६ करोड रहँदा ३१ करोडसहित लुम्बिनी विकास बैंक राष्ट्रिय स्तरका विकास बैंकहरुको सूचीमा अन्तिम नम्बरमा परेको छ ।