काठमाण्डौ । अष्ट्रेलियाले अमेरिकी ट्यारिफविरुद्ध एकजुट हुन चीनले गरेको प्रस्तावलाई अस्विार गरेको छ । अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले ट्रम्पको ट्यारिफ र आर्थिक अनिश्चितताको सामना गर्दै एकताको लागि चीनको अपील अस्वीकार गरेका हुन्।
अष्ट्रेलियाका अखबारका लागि लेखिएको लेखमा अस्ट्रेलियाका लागि चिनियाँ राजदूत शाओले नयाँ परिस्थितिमा चीन अष्ट्रेलिया र अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न तयार रहेको बताएका थिए ।
तर अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले अस्ट्रेलियाको नाइन न्यूजलाई भने, ‘मलाई लाग्दैन कि हामी चीनसँग जान्छौं।’
उनले भने, ‘हामी अमेरिका र चीनबीचको व्यापार युद्ध हेर्न चाहँदैनौं, बरु हाम्रो ध्यान यी दुई शक्तिभन्दा बाहिरको व्यापार विविधीकरणमा केन्द्रित छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा १२५ प्रतिशत कर लगाएका छन् । ट्रम्पले बाँकी विश्वका लागि ९० दिनको लागि शुल्कमा रोक लगाएका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाको करवृद्धिको सामना गर्न चीनले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्ने बताएका छन् ।