ट्रम्पले भने, ‘सम्झौता नभए चीनले १५५% ट्यारिफ तिर्नुपर्छ’
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापार सम्झौता नभए चीनले नोभेम्बरको पहिलो दिनदेखि १५५ प्रतिशत कर तिर्नुपर्ने बताएका छन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।

