काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण यतिबेला विश्वभर हलचल मच्चिएको छ । यस्तोमा ट्रम्पले एक अन्तर्वार्तामा ट्यारिफ नीतिका कारण अमेरिकाले सबैका लागि आयकरलाई पूर्ण रुपमा अन्त्य गर्न सक्ने राजश्व संकलन हुने दाबी गरेका छन् ।
फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले ट्यारिफ नीतिको चर्चा गर्दै यस्तो बताएका हुन् । उनले सन् १८७० देखि १९१३ का बीच ट्यारिफ नै अमेरिकी सरकारको आयको मुख्य स्रोत भएको बताए । उनले ट्यारिफकै कारण अमेरिका विश्वकै धनी देश बनेको समेत दाबी गरे ।
उनले आयकरलाई अन्त्य गरी अमेरिकी नागरिकमाथिको करको बोझ कम गर्न सकिने बताए । उनले ट्यारिफका कारण अमेरिकालाई फाइदा पुग्ने बताए । उनले सन् १८८० को दशकमा सरप्लस फण्ड अन्त्य गर्ने उद्देश्यले एक समिति गठन गरिएको तर सन् १९१३ मा इनकम ट्याक्स सिस्टमको सुरुवात भएको बताए । उनले ट्यारिफलाई ‘ग्रेट डिप्रेशन’सँग जोडिने गरेकोप्रति आलोचना समेत गरे । ‘ट्यारिफका कारण हामीले दैनिक रुपमा अरबौं डलर कमाउदै छौं । हामी ट्यारिफबाट एक दुई दिनमा ३ अर्ब डलर कमाईरहेका छौं । यसअघि हामीले कहिल्यै यति पैसा कमाएका थिएनौं,’ ट्रम्पले भने ।
ट्रम्पले सबैभन्दा पहिलो अप्रिल २ मा १८० देशमाथि रेसिप्रोकल ट्यारिफ लगाएका थिए । यस्तै उनले सबै देशमाथि १० प्रतिशतको बेसलाइन ट्यारिफल लगाएका छन् ।