काठमाण्डौ । अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलास्वरुप चीनले अमेरिकामा थप ५० प्रतिशत कर लगाएको छ । यसको मतलब अमेरिकाले पहिलेको ३४ प्रतिशतको सट्टा अब ८४ प्रतिशतको कुल करको सामना गर्नुपर्नेछ।
चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आउने सबै सामानमा थप कर लगाउने घोषणा गरेको छ । मन्त्रालयका अनुसार यी नयाँ शुल्कहरू अप्रिल १० मा चीनको स्थानीय समय दिउँसो १२ः१ बजेदेखि लागू हुनेछन्।
यसअघि अमेरिकाले चीनमा ५० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेको थियो । योसँगै चीनमा कुल भन्सार बढेर १०४ प्रतिशत पुगेको छ ।
त्यसको जवाफमा चीनले अमेरिकाको करवृद्धिविरुद्ध एकजुट हुन सम्पूर्ण विश्वलाई अपिल गरेको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाको करवृद्धिको सामना गर्न चीनले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्ने बताएका छन् ।