काठमाण्डौ । सन् २०२४ मा कोभिडपछि पहिलो पटक यही अप्रिल १४ मा एयरपोर्ट काउन्सिल इन्टरन्यासनलले बिभिन्न तथ्याँकका आधारमा बिश्वका १० ब्यस्त एयरपोर्ट सार्वजनिक गरेको छ ।
उक्त तथ्याँकले सन् २०१९ को कोभिडपछि पहिलोपटक हवाई उडानमा प्यासेञ्जरको चाप बढेको देखाएको छ ।
सन् २०२४ मा बिश्वभरबाट ९.५ अर्ब मानिसहरु जहाजमार्फत यात्रा गरेका थिए । यसको आधारमा बिश्वका १० ब्यस्त एरपोर्टको सूचि तयार पारिएको छ ।
जसमा पहिलो स्थानमा अमेरिकास्थित जर्जिया राज्यमा रहेको हर्टस्फिल्ड ज्याक्सन एटलान्टा इन्टरन्यासनल एरपोर्ट पहिलो नम्बरमा परेको छ ।
त्यसैगरी, दोस्रो नम्बरमा एसियाको दुबै इन्टरन्यासनल एयरपोर्ट परेको छ । तेस्रो नम्बरमा पनि अमेरिकाकै ड्यालस इन्टरन्यासनल एयरपोर्ट परेको छ ।
यस्तै, जापानको टोकियो एरपोर्ट चौंथो नम्बर र लण्डनको हिथ्रो एयरपोर्ट पाँचौ नम्बरमा परेको छ ।
छैठौं नम्बरमा अमेरिकाकै डेनभर इन्टरन्यासनल एयरपोर्ट परेको छ । सातौ स्थानमा टर्कीको इस्तानबुल, आठौ नम्बरमा अमेरिकाको शिकागो इन्टरन्यासनल एयरपोर्ट, नबौं नम्बरमा भारतको न्यू देल्ही एयरपोर्ट र दसौं नम्बरमा चाइनाको सँघाइ एयरपोर्ट परेका छन् ।