काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
जसमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर रहेको छ ।
कम्पनीले आगामी वैशाख १२ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल कार्यालय,विराटनगर,विर्तामोड, विरगञ्ज,जनकपुर, हेटौडा र पोखरा शाखा कार्यालय तथा नेको इन्स्योरेन्सको बाग्लुङ,बुटवल,घोराही, नेपालगंज, विरेन्द्रनगर,धनगढी र महेन्द्रनगर शाखा कार्यालयमार्फत बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख २१ गते रहेको छ ।