काठमाण्डौ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान दुक सुले मेरिकासँगको व्यापार वार्ता सहज नहुने बताएका छन् । तर उनले दुई देशबीच राम्रो सहयोगको सुरुवात हुने आशा व्यक्त गरेका छन् ।
हानले दक्षिण कोरियाका अर्थमन्त्री र उद्योग मन्त्रीले अप्रिल २४ मा बिहान ८ बजे अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग भेट गर्ने जानकारी दिए ।
उनले दक्षिण कोरियाले अमेरिकासँग शान्तिपूर्ण र गम्भीरतापूर्वक वार्ता गर्ने प्रयास गर्ने र दुवै देशका लागि फाइदाजनक समाधान खोज्ने बताए । ‘संयुक्त राज्य अमेरिकासँग वार्ताको प्रक्रिया सजिलो हुनेछैन, र मलाई थाहा छ मानिसहरूले यस प्रक्रियाको बारेमा अपेक्षा र चिन्ता दुवै छन्,’ हानले भने।
अर्थतन्त्रका सम्बन्धमा दक्षिण कोरियाका सरकारी अधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
अप्रिलमा अमेरिकाले विश्वका धेरै देशमा पारस्परिक कर लगाउने घोषणा गरेको थियो । त्यसयता धेरै देशले अमेरिकासँग व्यापारको विषयमा छलफल गरिरहेका छन् ।