सोमबार, माघ १९,२०८२ 08:56:26
Bizshala
  • सोमबार, माघ १९,२०८२ 08:56:26
Bizshala
Global IME Bank Limited
Bizshala

दक्षिण पूर्वी एशियाली देशहरुबाट आयात हुने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१% ट्यारिफ

दक्षिण पूर्वी एशियाली देशहरुबाट आयात हुने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१% ट्यारिफ
Shivam Cement

काठमाण्डौ । अमेरिकाले दक्षिण पूर्वी एशियाली देशहरुबाट आयात हुने सोलार प्यानलमा ३ हजार ५२१ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरेको छ । अमेरिकी प्रमुख सोलार सामाग्री उत्पादनहरुले तत्कालिन राष्ट्रपति जो बाइडेनलाई अमेरिकी कम्पनीहरुलाई जोगाउन आग्रह गरेसँगै एक वर्षअघि सुरु भएको अनुसन्धान निष्कर्ष पुगेसँगै अमेरिकाको वाणिज्य विभागले यस्तो निर्णय गरेको हो ।  

यो निर्णय विशेष गरेर क्याम्बोडिया, थाईल्याण्ड, मलेसिया र भियतनामलाई लक्षित गरी गरिएको जनाइएको छ । यी देशहरुले सोलार उत्पादनका लागि चीनबाट अनुदान पाएको र अमेरिकामा सस्तो सोलारको भण्डार बढाएको आरोप लगाइएको छ । यद्यपी नयाँ ट्यारिफको विषयमा अमेरिकी सरकारको निकाय ‘इन्टरनेशनल, ट्रेड कमिशन’ले जुन महिनामा अन्तिम निर्णय लिनेछ ।  

Bizshala
Garima Development Bank
New Office

अनुसन्धानका क्रममा असयोग गरेका कारण केही क्याम्बोडेली निर्यातकर्ताहरुलाई ३ हजार ५२१ प्रतिशतसम्मको भन्सार शुल्क लगाइएको छ । यस्तै मलेसियामा उत्पादन गरिरहेको चिनियाँ उत्पादक जिन्को सोलारले सबैभन्दा कम अर्थात ४१ प्रतिशत ट्यारिफको सामना गर्नुपर्ने भएको छ ।  यस्तै चीनमा आधारित कम्पनी ट्रिना सोलारमाथि पनि ३७५ प्रतिशत ट्यारिफ लगाइएको छ । 

डोनाल्ड ट्रम्पको पहिलो कार्यकालसँगै धेरै चिनियाँ कम्पनीहरु ट्यारिफबाट बच्नका लागि दक्षिणपूर्वि एशियाली देशमा केन्द्रीत बनेका थिए ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.