काठमाण्डौ । अमेरिकी गायिका लेडी गागाले शनिबार ब्राजिलको रियो दि जेनेरियोको कोपाकाबाना बीचमा निःशुल्क कन्सर्ट गरिन् । जुन उनको अहिलेसम्मको सबैभन्दा ठूलो कन्सर्ट थियो ।
सहरका अधिकारीहरूका अनुसार लेडी गागाको कन्सर्टमा २० लाखभन्दा बढी मानिस आएका थिए। रियोको अर्थतन्त्रलाई बलियो बनाउन सकियोस् भन्ने अभिप्रायले कन्सर्टको सम्पूर्ण खर्च सहर प्रशासनले बेहोरेको छ ।
यसबाट शहरले करिब १०० मिलियन डलर आम्दानी गर्न सक्ने सहरका अधिकारीहरू विश्वास गरेका छन्। यो शो लेडी गागाको नयाँ एल्बम ‘मेहेम’ को प्रचारको एक हिस्सा थियो। उनले यसअघि सन् २०१२ मा ब्राजिलमा प्रदर्शन गरेकी थिइन् ।
गागा रियोमा निःशुल्क कन्सर्ट गर्ने पहिलो स्टार होइनन्। यसअघि मे २०२४ मा म्याडोनाले पनि यस्तै निःशुल्क कन्सर्ट गरेकी थिइन् ।