काठमाण्डौ । भारत पाकिस्तान तनावका बीच इन्डियन प्रिमियर लिग(आईपीएल)स्थगित भएको छ । ९ मे मा बसेको भारतीय क्रिेकेट बोर्ड(बीसीसीआई)को बैठकले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।
यससँगै आजबाट आईपीएलका कुनैपनि खेल हुने छैन । बीसीसीआईले अब विदेशी खेलाडीहरुलाई स्वेदेश फिर्ता गर्ने कार्य पहिलो प्राथमिकतामा हुने जनाएको छ । बीसीसीआईले बाँकी खेलको तालिका पनि चाडै घोषणा गर्ने जनाएको छ ।
गत मे ८ देखि सुरु भएको यो सिजनको आईपीएलमा हालसम्म ५८ वटा खेल सम्पन्न भएको छ । भारत पाकिस्तान तनावका कारण ८ मे मा धर्मशालामा आयोजना तय भएको खेल पनि रद्द भएको थियो ।
अवस्था सामान्य बनेसँगै नयाँ खेल तालिका सार्वजनिक हुने जनाइएको छ ।