काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपालको जीवन बीमा कम्पनीहरु मध्ये एक हो । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सुरु गरेको हो ।
यो कम्पनीले २०८० साल असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो । कम्पनीले सातै प्रदेशमा शाखा र हजारौं सक्रिय बीमा अभिकर्ताहरुको नेटवर्कमार्फत् जीवन बीमा सेवा दिदैं आइरहेको छ ।
बीमितहरुलाई समग्र र नबीन जीवन बीमा सेवाहरु प्रदान गर्नु कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले व्यक्तिगत बीमा योजना, लघुबीमा योजना, सामूहिक बीमा योजना, स्वास्थ्य र दुर्घटना बीमा योजनाहरुमार्फत आफ्ना बीमितहरुलाई सेवा दिदैं आइरहेको छ ।
आधारभूत पक्षः
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीले सो अवधिसम्म ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, भने ३ अर्ब ३७ करोड ८० लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी दिइसकेको छ ।
हाल कम्पनीको बीमालेख संख्या २ लाख २७ हजार ६५४ रहेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएबमोजिम कम्पनीले कायम चुक्तापूँजीको १७ प्रतिशत अर्थात् १ः०.१७ रेसियोमा ७३ करोड ३ लाख रुपैयाँबराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
प्राविधिक पक्षः
फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा
फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल न्यूट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण सामान्य रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ७०३ रुपैंया र न्यून मूल्य ४८५ रुपैंया रहेको छ ।
यस कम्पनीमा संस्थापकतर्फ ८४.८७ प्रतिशत र सर्वसाधारणतर्फ १५.३३ प्रतिशत रहेको छ । कम्पनीले घोषणा गरेको ८ प्रतिशत लाभांशको बुक क्लोज हुन बाँकी नै दैखिन्छ । यसअघि कम्पनीले १० प्रतिशत लाभांश दिएको थियो । यस हिसावले मर्जर पछि कम्पनीको बार्षिक औषत लाभांश ९ प्रतिशत देखिन्छ ।

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल लामो समयदेखि साइडवेजमा चलेको छ । यसको अर्थ कम्पनीको सेयरमा एक्युमुलेसन पनि चलेको हुन सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम पनि सकारात्मक नै रहेका छन् । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने कम्पनीको कारोबारमा सुधार आउन सकेको देखिदैन ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ६१५
प्रतिरोध २ – ५९८
प्रतिरोध १– ५७३
पिभट् प्वइन्टः ५५५
घटेमा सपोर्ट
सपोर्ट १– ५३१
सपोर्ट २– ५१४
सपोर्ट ३ –४८९

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । कम्पनीको बुक भ्यालु रिर्टन अन इक्विटीमा पनि गिरावट आएको छ । तर कम्पनीको जगेडा कोषमा भने सामान्य सुधार देखिन्छ । प्राबिधिक रुपमा यो कम्पनी फियर एण्ड ग्रिड इन्डेक्समा न्यूट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ । त्यसैगरि, म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने आरएसआईमा पनि बुलिस यात्रामा देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।