बुधबार, असार १०,२०८३ 02:33:04
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:33:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्रे एसआईपी योजनाको सार्वजनिक निष्कासन आजदेखि

Laxmi Sunrise Bank Limited
माछापुच्छ्रे एसआईपी योजनाको सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो ।  

कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक र योजना व्यवस्थापकलाई छुट्टाइएको छ । जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकार्य माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ ।    

New Office
CG Motors
Garima Development Bank

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो योजनाको इकाई बिक्री बन्द छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा माछापुुच्छ्रे क्यापिटल रहेको छ।

यो योजनाको कुल आकार ५ करोड इकाई रहेको छ । जसमध्ये प्रथम चरणमा २ करोड इकाई निष्कासन गर्न लागिएको हो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.