काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.६५ रुपैयाँ र बिक्रीदर १३७.२५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६ ३२ रुपैयाँ र बिक्रीदर १३६.९२ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १५५.६० रुपैयाँ र बिक्रीदर १५६.२६ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.४२ रुपैयाँ र बिक्रीदर १८५.२३ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२० रुपैयाँ र बिक्रीदर ३७.३७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०१ रुपैयाँ र बिक्रीदर १९.०९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१९ रुपैयाँ र बिक्रीदर ३२.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४९ रुपैयाँ र बिक्रीदर ३७.६५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.७४ रुपैयाँ र बिक्रीदर ४४७.७० रुपैयाँ कायम भएको छ ।