काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.७१ रुपैयाँ र बिक्रीदर १३७.३१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि डलरको यही दर कायम थियो ।
आज यूरो र पाउण्डको भाउ भने घटेको छ । आज एक यूरोको खरिददर १५५.७८ रुपैयाँ र बिक्रीदर १५६.४६ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १५६.१३ रुपैयाँ र बिक्रीदर १५६.८१ रुपैयाँ कायम थियो ।
यस्तै आज एक पाउण्डको खरिददर १८४.९० रुपैयाँ र बिक्रीदर १८५.७१ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८५.१४ रुपैयाँ र बिक्रीदर १८५.९५ रुपैयाँ कायम थियो ।
१० जापानी येनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०२ रुपैयाँ र बिक्रीदर १९.१० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३४ रुपैयाँ र बिक्रीदर ३२.४८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५२ रुपैयाँ र बिक्रीदर ३७.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०५ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.४५ रुपैयाँ र बिक्रीदर ४४७.४१ रुपैयाँ कायम भएको छ ।