Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

भारतमा बैंक कर्मचारीको तलब १७% ले वृद्धि, सातामा दुई दिन बिदा

Hyundai Nepal
भारतमा बैंक कर्मचारीको तलब १७% ले वृद्धि, सातामा दुई दिन बिदा
Nabil Bank Limited

काठमाण्डौ । भारतका सरकारी बैंकका कर्मचारीहरुको तलब १७ प्रतिशतले वृद्धि भएको छ । इण्डियन बैंकस् एशोसियसन(आईबीए) र बैंक कर्मचारी युनियनबीच बैंक कर्मचारीको वार्षिक तलब १७ प्रतिशतले वृद्धि गर्ने सहमति भएको हो ।  

यसका साथै सबै शनिबार बिदा दिने सहमति समेत बनेको मिडिया रिपोर्टमा जनाइएको छ ।  यससँगै भारतका सरकारी बैंकका कर्मचारीले सातामा दुई दिन बिदा पाउने भएका छन् । बिदा सम्बन्धी निर्णय भने भारत सरकारले निर्णय गरेपछि मात्रै लागू हुने जनाइएको छ । 

Shivam Cement
Sagarmatha Cement

आईबीआईका सीईओ सुनिल मेहताले यो नयाँ व्यवस्था भारतीय बैंकिङ क्षेत्रको कोशढुङ्गा साबित हुने बताएका छन् ।  

तलब वृद्धिको व्यवस्थाले भारतको बैकिङ क्षेत्रमा कार्यरत ८ लाख कर्मचरी लाभान्वित हुने अनुमान गरिएको छ । यसले भारतीय सरकारी स्वामित्वका बैंकहरुमा ८ हजार २८४ करोड भारु अतिरिक्त व्ययभार पर्ने प्रक्ष्येपण गरिएको छ ।  

यसका साथै बैंकका महिला कर्मचारीलाई कुनै पनि मेडिकल सर्टिफिकेट बिना महिनाको एक दिन बिरामी बिदा दिइनेछ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.