काठमाण्डौ । हिम स्टार उर्जा कम्पनीको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार आईपीओ बुधबार ३ बजे बाँडफाँड हुनेछ ।
कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ ।
कम्पनीको आईपीओमा अन्तिमदिनसम्म ३०।१६ गुणा बढी आवेदन परेको थियो । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १९ लाख ९७ हजार २४२ जनाले आवेदन दिएका हुन् ।
कम्पनीको आईपीओमा २ अर्ब ३३ करोड ४७ लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ४७ हजार ३३० कित्ताका लागि आवेदन परेको हो । जुन यो मागभन्दा ३० गुणा बढी आवेदन हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । आवेदन दिएका कुल आवेदकमध्ये ७७ हजार ३९७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । यसर्थमा १९ लाख १९ हजार भन्दा बढीको हात खाली हुनेछ ।