काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी जेठ १७ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले नवलपरासीमा रहेको द नारायणी रिसोर्टमा बिहान ११ बजेदेखि नवौँ सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सञ्चालकलाई प्रदान गरिने पारिश्रमिक ,भत्ता तथा सुविधा प्रदान गर्ने सम्बन्धमा वित्तीय संस्थाको नियमावली संशोधन गर्ने, भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्जर÷प्राप्ति गर्ने प्रयोजनार्थ उपयुक्त वित्तीय संस्थासँग सो कार्यका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सो सम्बन्धमा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन तथा परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका सागै उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले जेठ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

