सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यका्री अधिकृत(सीईओ)मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई यही जेठ २२ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।