काठमाण्डौ । मर्जरपश्चात कायम भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) को साउन ३१ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो ।
यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेमा कम्पनीको कुल ७० लाख ८ हजार ५८३.४५ कित्ता सेयर सूचीकृत भएको छ ।
साविकका साधना लघुवित्त र सबैको लघुवित्त १ः१ अनुपातमा एक आपसमा मर्ज भएका थिए ।
सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता १ हजार ५७ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । अब आइबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएमपीडीए’ संकेत प्रदान गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                