बुधबार, चैत्र ४,२०८२ 04:18:59
Bizshala
  • बुधबार, चैत्र ४,२०८२ 04:18:59
Bizshala
Global IME Bank Limited

प्रिमियममा आइपीओको अनुमति माग्ने कम्पनी थपिएको थपियै, बोर्डले दुई वर्षयता दिन छाड्यो स्वीकृति

Hyundai Nepal
प्रिमियममा आइपीओको अनुमति माग्ने कम्पनी थपिएको थपियै, बोर्डले दुई वर्षयता दिन छाड्यो स्वीकृति
Shivam Cement

काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न एक दर्जन भन्दा बढी कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । अंकित मूल्य भन्दा बढी मूल्य निर्धारण गरेर सेयर जारी गर्नका लागि १४ कम्पनीले बोर्डसँग अनुमति मागेका छन् ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अधिकांश आइपीओहरु अंकित मूल्य १०० रुपैयाँमै आउने गरेका छन् । तर बुक बिल्डिङ प्रणाली लागू भएपछि केही कम्पनीहरु प्रिमियम मूल्यमा आइपीओ जारी गर्न थालेका छन् ।  

सन्तोष नारायण श्रेष्ठ नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनेपछि हालसम्म कुनै कम्पनीले पनि प्रिमियम मूल्यको आइपीओ निष्कासन गर्न अनुमति पाएका छैनन् ।  

श्रेष्ठ २०८१ को असोज २ गते सेबोनको अध्यक्षमा नियुक्त भएका थिए । हुन त उनी बोर्डमा आउनुअघि देखि नै प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति पर्खिदै पाइपलाइनमा रहेका कम्पनीले स्वीकृति पाएका छैनन् ।  

बोर्डका पूर्वाध्यक्ष रमेश कुमार हमालले हिमालयन रि इन्स्योरेन्ससहित केही कम्पनीलाई अपारदर्शी ढंगले प्रिमियममा सेयर बेच्न अनुमति दिएपछि ठूलो प्रश्न उठेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै उनीमाथि छानबिन गरेको थियो । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

हमालले दिएको अनुमतिमाथि नै कैफियत देखिएपछि हालका अध्यक्ष श्रेष्ठले प्रिमियममा आइपीओ अनुमति माग्ने कुनै पनि कम्पनीलाई स्वीकृति दिन सकेका छैनन् । लामो समयदेखि प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीहरुले बोर्डबाट स्वीकृति नपाएपनि प्रिमियममा सेयर निष्कासन गर्न आवेदन दिने कम्पनी भने थपिएको थप्यै छ ।  

प्रिमियममा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीहरुमा सर्वाधिक उत्पादन तथा प्रशोधन समूहतर्फबाट छन् । करिब दुईवर्ष अगाडीदेखि प्रिमियउममा आइपीओ निष्कासन गर्न आवेदन दिएका कम्पनीको विषयमा बोर्डले हालसम्म कुनै प्रक्रिया अघि बढाएको छैन ।  

धितोपत्र बोर्डका अनुसार प्रिमियममा आइपीओ जारी गर्न अनुमति माग्ने कम्पनीहरुको वित्तीय अवस्थाले गर्दा आइपीओ बिक्री गर्न दिने वा नदिने भन्ने विषय अन्योल बनेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस अघिको सेनारियो र पूर्वाध्यक्ष हमालले प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति दिएपछि उनीमाथि भएको छानबिन र सास्तीले गर्दा हालका अध्यष श्रेष्ठलाई सतर्क बनाएको स्पष्ट छ । यसकारण उक्त कम्पनीहरुले तत्कालको लागि आइपीओ निष्कासनको स्वीकृती पाउने छाँटकाट देखिदैन ।  

प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न अनुमति माग्नेमा दुई हाइड्रोपावर, एक लगानी कम्पनी, एक होटल तथा पर्यटन समूहअन्तर्गत कम्पनी, ७ उत्पादन तथा प्रशोधन समूहतर्फको कम्पनी र ३ अन्य समूहतर्फका कम्पनी रहेका छन् । ती कम्पनीहरुले अंकित मूल्यमा तीनसय रुपैयाँसम्म मूल्य थप गरेर आइपीओ जारी गर्न अनुमति मागेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.