सोमबार, श्रावण १८,२०८३ 01:35:44
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:35:44
Bizshala
Global IME Bank Limited

भारतमा पहिलो पटक ‘एलपीजी एटीएम’ सञ्चालन, ग्यास संकटबीच उपभोक्तालाई राहत

भारतमा पहिलो पटक ‘एलपीजी एटीएम’ सञ्चालन, ग्यास संकटबीच उपभोक्तालाई राहत
New Office

नयाँ दिल्ली । मध्यपूर्वमा जारी तनाव र युद्धका कारण विश्वव्यापी रूपमा तेल तथा ग्यास आपूर्तिमा दबाब बढ्दै जाँदा यसको असर भारतमा समेत देखिएको छ। विशेषगरी खाना पकाउने एलपीजी ग्यासको अभावले उपभोक्ताहरू ग्यास एजेन्सीहरूमा लामो लाइन बस्न बाध्य भइरहेका छन्।

यही परिस्थितिबीच भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडले ग्यास वितरणमा नयाँ प्रविधि प्रयोग गर्दै देशमै पहिलो पटक ‘एलपीजी एटीएम’ सञ्चालनमा ल्याएको छ। कम्पनीले बुधबारदेखि हरियाणाको गुरुग्रामस्थित सोहना क्षेत्रमा पाइलट परियोजनाका रूपमा उक्त सेवा सुरु गरेको जनाएको छ। यो मेसिन २४ घण्टा सञ्चालन हुने व्यवस्था गरिएको छ।

यस ‘एलपीजी एटीएम’ मार्फत उपभोक्ताले आफ्नो दर्ता मोबाइल नम्बर प्रयोग गरी OTP मार्फत प्रमाणीकरण गरेपछि खाली सिलिन्डरको बारकोड वा QR कोड स्क्यान गर्न सक्छन्। त्यसपछि UPI, क्रेडिट/डेबिट कार्ड वा नेट बैंकिङमार्फत भुक्तानी गरी करिब २–३ मिनेटमै भरिएको सिलिन्डर प्राप्त गर्न सकिन्छ।

मेसिनमा फाइबरमा आधारित कम्पोजिट सिलिन्डर प्रयोग गरिएको छ, जुन परम्परागत स्टिल सिलिन्डरको तुलनामा निकै हल्का, सुरक्षित र जंग नलाग्ने खालको हुन्छ। एउटै मेसिनमा करिब १० वटा सिलिन्डर राख्न सकिने र स्टक घटेपछि नजिकको ग्यास एजेन्सीलाई स्वतः जानकारी जाने प्रणालीसमेत जडान गरिएको छ।

सो सेवा गुरुग्रामको सेन्ट्रल पार्क फ्लावर भ्याली, सेक्टर–३३ (सोहना) क्षेत्रमा स्थापना गरिएको हो। BPCL का अनुसार यो प्रविधिले उपभोक्तालाई छिटो, सम्पर्करहित तथा भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

ग्यास अभावको अवस्थामा सुरु गरिएको यस सेवा सफल भएमा भारतका अन्य शहरहरूमा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ। नयाँ प्रणाली लागू भएसँगै अब उपभोक्ताले ग्यासका लागि लामो लाइन बस्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.