मंगलवार, बैशाख २२,२०८३ 02:33:27
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 02:33:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्व चयनका लागि मतदान शुरु, निर्वाचनमा दुई प्यानल आमनेसामने, उपाध्यक्ष पदमा कडा टक्कर

Bizshala
नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्व चयनका लागि मतदान शुरु, निर्वाचनमा दुई प्यानल आमनेसामने, उपाध्यक्ष पदमा कडा टक्कर
Shivam Cement

काठमाण्डौं । काठमाडौंमा निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु भएको छ।

राष्ट्रिय प्रज्ञा प्रतिष्ठान परिसरमा बिहानदेखि मतदान भइरहेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस पटकको निर्वाचनको मुख्य आकर्षण भनेको नेतृत्व हस्तान्तरणभन्दा पनि उपाध्यक्ष तहमा देखिएको कडा प्रतिस्पर्धा हो।  

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले अञ्जन श्रेष्ठ आगामी अध्यक्ष बन्ने निश्चित जस्तै छ।

तर वास्तविक प्रतिस्पर्धा उपाध्यक्ष र कार्यसमिति सदस्य पदहरूमा देखिएको छ, जहाँ दुई प्रमुख प्यानल—हेमराज ढकाल र शिव प्रसाद घिमिरे समूहबीच प्रतिस्पर्धा भइरहेको छ।

दुवै प्यानलले आफ्ना उम्मेदवारलाई जित दिलाउन अन्तिम प्रयास गरिरहेका छन्।

CG Motors
Garima Development Bank
IME remit

ढकाल पक्षले वरिष्ठ उपाध्यक्ष पदका लागि ढकाललाई अघि सारेको छ भने चुनावी समीकरणले महासंघको आगामी नेतृत्व संरचना यही परिणाममा निर्भर रहने देखिन्छ।

यसैबीच, महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलगायत नेतृत्व तहका पदाधिकारीहरूले मतदान गरिसकेका छन्।

उद्योगी–व्यवसायीबीचको यस निर्वाचनलाई निजी क्षेत्रको आगामी नीति दिशा र नेतृत्व शैली निर्धारण गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.