काठमाण्डौ । सरकारले पूर्वाधार सम्बन्धी गुनासो सुनुवाई गर्न सुनुवाई गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ ।
पूर्वाधार विकास मन्त्रालयले सडक, पुल, खानेपानी लगायतका समस्याको सुनवाई गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।
सो सम्बन्धी गुनासो, समस्या र सुझावहरु भएमा पूर्वाधार विकास मन्त्रालयको निःशुल्क फोन सेवा ११२० मा डायल गरी वा सामाजिक सञ्जालमार्फत पनि टिपाउन सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार टोल फ्रि नम्बरको कल, कार्यालय समय, अन्य गुनासो २४ सै घण्टा गर्न सकिनेछ ।

