आईतवार, असार १४,२०८३ 09:03:41
Bizshala
  • आईतवार, असार १४,२०८३ 09:03:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दराज नेपालद्वारा ‘महाबचत बजार’ सेलको घोषणा

Laxmi Sunrise Bank Limited
दराज नेपालद्वारा ‘महाबचत बजार’ सेलको घोषणा

काठमाण्डौ । दराज नेपालले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ देखि साउन १५ सम्म सञ्चालन हुने यो भव्यसेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा ८० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँबराबरको भौचर लगायतको लाभ लिन सक्नेछन् ।

महाबचत बजार सेलअन्तर्गत फ्ल्याश सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् । यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरू मा प्लेटिनम पार्टनरका रुपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभर मार्फत २५ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनरहरू, ¥होटो, एंकर र मम्बड्समार्फत ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।  

त्यसैगरी, सिल्भर पार्टनरहरू, ब्राण्ड हाउस, जीसीजीआई वेयर, न्यानो र अर्कका तर्फबाट ६० प्रतिशतसम्म छुटको पनि ब्यवस्था रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

महाबचत बजार सेलको मुख्य आकर्षणका रुपमा रु. ८ देखि ८,८५८ सम्मका मेगा डिलहरू मा रु. ८, रु. ४८, रु. ८४८, र रु. ८,८५८ मा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ ।  

साथै, जियासिसको ८ केजी क्षमताको वासिंग मेसिन (रु. ४९,९९९), वानप्लस नोर्ड सीईफाइभ (रु ४८,९९९), अकारिटेक ४३ ईञ्च स्मार्ट एलईडी टीभी (रु. ३२,९४०), रेडमी नोट १४ फाइभजी(रु. ३०,९९९), भरटेक्स २४ ईञ्च गेमिंग मोनिटर (रु. १८,९९९) र अकारीटेक ६० लिटर रेफ्रिजिरेटर (रु. १६,९९०)लगायत सीमित स्टकमा मात्र रु. ८,८४८ मा उपलब्ध हुनेछन् ।

महाबचत बजार सेल अन्तर्गत दुईजना भाग्यमानी ग्राहकले १०,४९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल रु. ८ मा खरिद गर्न सक्नेछन् । त्यसैगरी, भ्यान्स, अर्क, नाईक, पोशिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवालगायत १०० भन्दा बढी ब्रान्डहरूका उत्पादनहरु फ्ल्याट ६० प्रतिशत छुटमा उपलब्ध हुनेछ ।

बैंक तथा ई–सेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ

दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरुले थप लाभ लिन सकुन् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि, १५ प्रतिशत छुट (रु. ७५० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूकालागि १०% छुट (रु. ५०० सम्म)उपलब्ध गराइने छ । योजनामानबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइमकमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी रहेका छन् । त्यस्तै, ईसेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जानकारी दिएको छ ।  

महाबचतबजार महोत्सवकाअवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइभ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ । जस अन्तर्गत रु. १ लाखभन्दा बढी खर्च गर्ने ग्राहकले रु. १० हजार छुटको भौचर प्राप्त गर्न सक्नेछन् । साउन २ (जुलाई १९) राति १२ बजेबाट सुरु हुने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.