आईतवार, असार १४,२०८३ 12:06:05
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:06:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा, सुझाव पठाउन अर्थको आग्रह

Laxmi Sunrise Bank Limited
‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा, सुझाव पठाउन अर्थको आग्रह

काठमाण्डौ । अर्थ मन्त्रालयले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा गरेको छ ।  

अर्थ मन्त्रालयले उक्त मसौदाका विषयमा राय सुझाव माग गरेको छ । यस्ता राय सुझाव सूचना प्रकाशन भएको मितिले १० दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको इमेल ठेगानामा प्राप्त हुने गरी पठाउनु पर्नेछ । साथै उक्त विधेयकको मसौदा यस मन्त्रालयको वेवसाइ बाट प्राप्त गर्न सकिने समेत मनत्रालयले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

विधेयक तर्जुमा गुर्नका कारण  

–आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३३० मा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था गर्ने नीतिगत व्यवस्था गरेकोले उक्त नीतिगत व्यवस्था कार्यान्वयन गर्न  

–बजेट बक्तव्यको बुँदा नं ३५० मा कोषको साझेदारीमा निर्माण तथा सञ्चालन हुने आवास परियोजनामा लगानी गरी त्यस्तो परियोजनाबाट निर्माण तथा विकास गरिएको घर घडेरी सहुलियतपूर्ण ब्याजदर र किस्ताबन्दीमा कर्मचारीलाई उपलब्ध गराउने नीतिगत व्यवस्था गरेकोले उक्त नीतिगत व्यवस्था कार्यान्वयन गर्न  

–कोषको ऐनमा भएका साविकका व्यवस्थालाई कार्य सञ्चालनको क्रममा अनुभूत भएका समस्या समेत निराकरण गर्नेगरी अद्यावधिक गर्न आवश्यक भएको

विधेयकमा गरिएको संशोधन मार्फत कोषको कार्य क्षेत्र र लगानी विस्तार भई कोषकोअर्थ मन्त्रात्रलयले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.