आईतवार, श्रावण ११,२०८२ 07:27:56
  • आईतवार, श्रावण ११,२०८२ 07:27:56
Global IME Bank Limited

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न

Hyundai Nepal
सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ।

बनेपा, चाबहिल, कौशलटार र पाटन क्षेत्रका अभिकर्तामध्ये प्रथमबीमा शुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ ।  

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा ब्यबसायमा बीमा सल्लाहकारहरुको महत्व र अपरिहार्यतामाथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनीलाई अझै नयाँ उचाईमा पुराउनुपर्ने बताए। साथै, कम्पनीले आव २०८१/८२ मा रु ७००ं करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन पनि गरे।

Muktinath Bikas Bank Limited

 कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले अभिकर्ताहरूलाई आवश्यक सीप र कलाको बारेमा प्रस्ट परेका थिए । कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रण बहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग र पाटन रिजनका योगेन्द्रम हर्जनले आफूहरु उत्कृष्ट १ मा पर्न गरेको मेहनतको चर्चा गर्दै यसवर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको र त्यसैअनुरुप योजनासहित काममा परिचालित भएको बताए। कार्यक्रम ज्ञानबर्द्धक बनाउनका लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो ।उनले बिक्री कलाका लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वका बारेमा चर्चा गरेका थिए।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.