काठमाण्डौ । दीग्गज बीमा कम्पनी एलियान्ज लाइफले अधिकांश अमेरिकी ग्राहकहरुको व्यक्तिगत सूचना चोरी भएको जनाएको छ । कम्पनीले उत्तर अमेरिकाका ह्याकरहरुले १४ लाख बीमितहरुको व्यक्तिगत सूचना चोरी गरेको जनाएको हो ।
सन् २०२५ को जुलाई १६ मा एलियान्ज लाइफले प्रयोग गरिेहेको तेस्रो पक्ष क्लाउड बेस्ड सीआरएम प्रणालीमा एउटा अनधिकृत चेतावनी आएको कम्पनीले जनाएको छ । जससपश्चात ह्याकरहरुले सोसल इन्जिनीयरिङ टेक्निकको प्रयोगले कम्पनीका अधिकांश ग्राहक, वित्तीय व्यक्तित्व र कर्मचारीहरुको व्यक्तिगत सूचनामा पहुँच पुर्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले सूचना चोरीसम्बन्धी उजुरी युएस स्टेट अफ म्यारिनमा दर्ता गरेको र एफबीआईलाई सुमेत जानकारी गराएको जनाएको छ । कम्पनीले यसबाट कति जना प्रभावित भएको भन्ने बारे भने केही पनि खुलाएको छैन ।
जर्मन कम्पनी एलियान्जको विश्वभर १२ करोड ५० लाख ग्राहक रहेका छन् ।