बुधबार, श्रावण १४,२०८२ 10:40:41
  • बुधबार, श्रावण १४,२०८२ 10:40:41
Global IME Bank Limited

वारेन बफेटका यी ५ सुझावमा ध्यान नदिए आईपीओ भरेर पैसा दोब्बर बनाउने ध्याउन्नमा उल्टै डूबिन्छ !

Hyundai Nepal
वारेन बफेटका यी ५ सुझावमा ध्यान नदिए आईपीओ भरेर पैसा दोब्बर बनाउने ध्याउन्नमा उल्टै डूबिन्छ !
Shivam Cement

काठमाण्डौ । हामीले केही दिनअघि डूब्ने संघारमा रहेको मारुती सिमेन्ट्स लिमीटेडले प्रिमियममा आईपीओ जारीका लागि गरिरहेको दौडधूपको विषयमा विश्लेषणात्मक न्यूज रिपोर्ट प्रकाशित गरेका थियौं । आखिर आर्थिक रुपमा जर्जर र वित्तीय संकटको दलदलमा फसेका मारुती सिमेन्टजस्ता कम्पनीमा किन गर्नुहुँदैन त लगानी ? आईपीओ भन्नेबित्तिकै कम्पनीको अवस्था वा व्यापार बुझ्दै नबुझी किन तम्सिनुहुन्न होला ? विश्वमै सेयर बजारका बादशाह नामले चिनिने वारेन बफेटको तर्क र सुझावलाई आधार मानेर कमजोर कम्पनीको आईपीओमा पैसा डबल बनाउने चक्करमा पर्दा कसरी फसिन्छ र यस्तो अवस्थामा के के कुरामा ध्यान दिने भन्ने विषयमा प्रकाश पार्ने यहाँ प्रयत्न गरिएको छ । 

हरेक पटक ठूलो आईपीओ बजारमा आउँदा लगानीकर्ताहरू त्यसलाई गुमाउन चाहँदैनन्। सामाजिक सञ्जाल, व्हाट्सएप समूहहरूदेखि लिएर सबैतिर एउटै चर्चा हुन्छ- "यो आईपीओले पैसा दोब्बर बनाइदिन्छ!" त्यही सोचमा धेरैले आवेदन हाल्छन्। तर वारेन बफेट जस्ता अनुभवी लगानीकर्ताले के त्यस्तो गर्थे होला? उनको उत्तर स्पष्ट छ: "पक्कै होइन।"

बफेटको भनाइ छ, “स्टक बजारमा आएको हरेक बलमा शट हान्न जरुरी छैन, तपाईंको क्षमताअनुसार उपयुक्त अवसरको पर्खाइ गर्नु बुद्धिमानी हुन्छ।”

धेरै लगानीकर्ता केवल अरूले लगानी गरेको देखेर आईपीओमा पैसा लगाउँछन्। तर बफेट भन्छन्, "कुनै पनि यस्ता व्यवसायमा लगानी नगर्नुहोस् जुन तपाईं बुझ्नुहुन्न।" आईपीओ कुनै लटरी होइन, यो त तपाईं दैनिक जानुहुने पसलको साझेदार बन्ने निर्णयजस्तै हो। तपाईंले बुझ्नुपर्छ: त्यो कम्पनी के गर्छ, कसरी आम्दानी गर्छ र दीर्घकालीन टिकाउपन छ कि छैन। यदि तपाईं त्यो कम्पनीको व्यापारलाई दुई वाक्यमा बुझाउन सक्नुहुन्न भने त्यसमा लगानी गर्नु उचित हुँदैन।

Muktinath Bikas Bank Limited

भित्री चाल र उद्देश्य बुझ्नुस्

आईपीओ ल्याउने प्रवर्द्धक (प्रमोटर) र सुरुआती लगानीकर्ताहरूलाई कम्पनीको सम्पूर्ण जानकारी हुन्छ, तर सर्वसाधारण लगानीकर्ता भने एक चम्किलो ब्रोसरमा भर पर्ने अवस्था हुन्छ। बफेटको भनाइ छ, "यदि तपाईं कुनै खेलमा सहभागी हुनुहुन्छ र तपाईंले को कमजोर खेलाडी हो भनेर चिन्न सक्नुहुन्न भने, त्यो सायद तपाईं नै हुनुहुन्छ।" त्यसैले प्रश्न उठ्छ– यदि कम्पनी साँच्चै यति बलियो हो भने, प्रवर्द्धकहरू अहिले नै किन बेच्न खोजिरहेका छन्? DRHP (ड्राफ्ट रेड हेरिङ प्रॉस्पेक्टस) पढ्नु र बुझ्नु अनिवार्य हुन्छ।

बुझ्ने क्षेत्रमै लगानी गर्नुस्

टेक्नोलोजी वा एआई (कृत्रिम बुद्धिमत्ता) जस्ता आकर्षक क्षेत्रमा आएको आईपीओ जति नै लोभलाग्दो देखिए पनि तपाईंले त्यो क्षेत्रमा केही नबुझी लगानी गर्नु सबैभन्दा ठूलो जोखिम हो। बफेटले सधैं आफूले बुझ्ने सर्कलभित्रै लगानी गरेका छन्। सामान्य लगानीकर्ताहरूले पनि यही सिद्धान्त अपनाउनुपर्छ– चाहे सेयर छनोट होस् वा करियर।

टिकाऊ कम्पनीको पहिचान गर्नुस्

बफेट कम्पनीको ‘मोअट’ (मोठ) हेर्छन्: अर्थात् यस्तो विशेषता जसले कम्पनीलाई अरू प्रतिस्पर्धीभन्दा फरक र टिकाउ बनाउँछ। जस्तै ब्रान्ड, प्रविधि वा उपभोक्ताको विश्वास। 

धेरै आईपीओ केवल ट्रेन्ड पछ्याउने नाममा आउँछन्, जिनको व्यापार मोडल कमजोर हुन्छ। केही महिनापछि तिनीहरू बजारबाट हराउँछन् वा प्रतिस्पर्धामा पछाडि पर्छन्। त्यसैले लगानी गर्नुअघि हेर्नुपर्ने कुरा हो: "के कम्पनीसँग साँच्चै पृथक क्षमता वा उपस्थिति छ?"

मूल्य र मूल्याङ्कनको भिन्नता बुझ्नुपर्छ

आईपीओ ल्याउने बेला कम्पनीहरूलाई यस्तो मूल्यमा प्रस्तुत गरिन्छ, जसबाट प्रमोटरहरूलाई अधिकतम लाभ होस्। सर्वसाधारण लगानीकर्ताले भने त्यही सेयर महँगो मूल्यमा किन्छन् र लिस्टिङपछि घाटा व्यहोर्न बाध्य हुन्छन्। बफेट भन्छन्, “मूल्य त्यो हो जुन तपाईं तिर्नुहुन्छ, तर मूल्याङ्कन त्यो हो जुन तपाईं पाउनुहुन्छ।” सोच्नुस्: यदि यही कम्पनी तपाईंको छेउछाउको पसल हुन्थ्यो भने, के तपाईं यति मूल्यमा किन्नुहुन्थ्यो त ?

वारेन बफेटको सुझाब स्पष्ट छ: 'आईपीओमा लाग्नुअघि उत्तेजना होइन, अध्ययन गर्नुस्। भीड होइन, आफ्नो बुझाइ पछ्याउनुस्। मूल्य होइन, मूल्याङ्कन हेर्नुस्।'

पढ्न छुटाउनुभयो कि ?

टाट पल्टिने अवस्थाको मारुती सिमेन्टको प्रिमियममा आईपीओ स्वीकृत गराउने दाउः आम्दानी र नाफा घट्दो, ऋण बढेको बढ्यै!

 

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.