शुक्रबार, फाल्गुन २९,२०८२ 04:40:08
Bizshala
  • शुक्रबार, फाल्गुन २९,२०८२ 04:40:08
Bizshala
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाले १०% ब्याज असुली कर्जा पुनर्संरचना गर्न पाउने, एनपीएलमा सुधार हुने

Hyundai Nepal
बैंक तथा वित्तीय संस्थाले १०% ब्याज असुली कर्जा पुनर्संरचना गर्न पाउने, एनपीएलमा सुधार हुने
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले अब १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाउने भएका छन् ।  

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।  

अब बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको अनुरोधमा ऋणीको नगद प्रवाह र आम्दानीको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल गरी कर्जा पुनर्संरचना गर्न पाउनेछन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तो कर्जा पुनर्संरचना अगामी असार मसान्तसम्म गरिसक्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ । साथै यसरी पुनर्संरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ, कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।  

यसअघि नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मात्रै कर्जा पुनर्संरचना वा पुनरतालिकिकरणको व्यवस्था लागू गरेको थियो । जसकारण केही त्रैमासिक रिर्पोटमा लघुवित्त संस्थाहरुको ब्याज आम्दानीमा सुधार देखिएर मुनाफामा राम्रै्र वृद्धि देखिएको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो व्यवस्थाले गर्दा अब बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपातमा सुधार आई ब्याज आम्दानी बढ्ने देखिन्छ । साथै ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएर बैंक तथा वित्तीय संस्थाहरुको खुद नाफामा समेत सुधार देखिने अपेक्षा गरिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.