सोमबार, मंसिर २९,२०८२ 01:20:50
Bizshala
  • सोमबार, मंसिर २९,२०८२ 01:20:50
Bizshala
Global IME Bank Limited
Bizshala

भिसाले नेपालमा खोल्यो कार्यालय, प्रमुखमा थापा नियुक्त

Hyundai Nepal
भिसाले नेपालमा खोल्यो कार्यालय, प्रमुखमा थापा नियुक्त
Shivam Cement

काठमाण्डौ । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिसाले काठमाण्डौमा आफ्नो नेपाल कार्यालय औपचारिक रूपमा खोलेको छ । भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई जोड दिएको कम्पनीले जनाएको छ ।  

यो रणनीतिक कदमले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि निर्बाध, सुरक्षित वित्तीय समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

CG Motors
Garima Development Bank
IME remit

यसका साथै, भिसाले नेपाल प्रमुखको रूपमा मनोज थापालाई नियुक्त गरेको घोषणा गरेको छ । आफ्नो नयाँ भूमिकामा, मनोजले स्थानीय साझेदारीलाई सुदृढ पार्ने र देशको आवश्यकताहरू पूरा गर्न सुरक्षित, नवीन डिजिटल भुक्तानी समाधानका कार्यलाई तीव्र पार्ने कुरामा केन्द्रित हुने भिसाले जनाएको छ । मनोजले भिसामा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन् ।

यस घोषणाको बारेमा टिप्पणी गर्दै भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, ‘हामी काठमाण्डौमा एउटा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौं । भिसाको नेतृत्व टोलीमा मनोजलाई स्वागत गर्न पाउँदा म पनि खुसी छु । उहाँको नियुक्तिले भिसाको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एक सुरक्षित र सुलभ डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने भिसाको विश्वव्यापी दृष्टिकोणलाई रणनीतिक रूपमा अगाडि बढाउनेछ ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X