बुधबार, असार १०,२०८३ 08:14:52
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:14:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लाइफको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड,२०२५ सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपाल लाइफको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड,२०२५ सम्पन्न

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड,२०२५ सम्पन्न भएको छ । द सोल्टी होटल काठमाण्डौमा साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम ‘लायन वर्ष ः लिड , रोअर , रिपिट’ नाराका साथ सम्पन्न भएको हो ।  

उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।  

कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले आव २०८१/८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण  अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा बोल्दै सञ्चालक विमल प्रसाद ढकालले गत आवमा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे ।  

उनले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए ।  

कार्यक्रममा बोल्दै कम्पनीका नेसनल सेल्सहेड उमापति पोखरेलले २०८१/८२ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता,सेल्स टिमका सदस्य तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । कम्पनीले गत वर्ष आफुलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको, सो ले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको उनले बताए ।  

उक्त विशेष समारोहमा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्ति गर्न सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई अन्तर मनदेखि धन्यवाद ज्ञापन गरे । आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्त चित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।  

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गतवर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद ज्ञापन गरे । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सिप र अनुभव लाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको कुरा बताए ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ९६ जनालाई सम्राट पदक,  ८७ जनालाई रत्न पदक र  २५७जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।  

त्यस्तै एजेन्सी मेनेजर  तर्फबाट  क्रमश नेपाल प्रथम, दितिय र  तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट  र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फ बाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजबंशीर आयुष कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

३ दिनसम्म चलेको कार्यक्रममा  मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.