Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अब वाट्सएपमा स्क्रिनसट लिन नमिल्ने

Global IME Bank Limited
अब वाट्सएपमा स्क्रिनसट लिन नमिल्ने
Nabil Bank Limited

काठमाण्डौ । वाट्सएपले आफ्नो प्लेटफर्ममा नयाँ–नयाँ फिचर्स ल्याईरहेको छ । पछिल्लो केहि समयदेखि कम्पनीले निरन्तर आफ्नो प्लेटफर्ममा सुरक्षा र गोपनियतासँग जोडिएका फिचर्सहरु ल्याईरहेको छ ।  

यस्तोमा कम्पनीले प्रोफाइल फोटोको स्क्रिनसट नगर्न मिल्ने फिचर्स ल्याएको छ । कम्पनीले यो फिचर्सलाई लामो समयदेखि बीटा भर्जनमा परीक्षण गरिरहेको थियो । अहिले कम्पनीले यो फिचर्सलाई रोलआउट गरेको छ । तथापी यो एउटा सर्भर साइड अपडेट मात्रै हो र विस्तारै विश्वभरका प्रयोगकर्ताका लागि प्रदान गरिनेछ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो फिचरलाई अन गर्दा,यदि कोहि व्यक्तिले तपाईको ‘डीपी’ को स्क्रिनसट लिन्छ भने एउटा कालो स्क्रिनसटमात्रै सेभ हुनेछ । यो फिचर्स डिफल्ट रुपबाट इनेबल रहनेछ र यसलाई डिसेबल गर्ने अन्य कुनै उपाय हुने छैन ।  

यसअघि वाट्सएपमा प्रयोगकर्तालाई प्रोफाइल फोटो सेभ गर्नका लागि विकल्प दिइन्थ्यो । यो एउटा गोपनियताको भंग थियो र कम्पनीले यो फिचर्सलाई हटाएको थियो । तर प्रयोगकर्ताहरुले स्क्रिनसटलाई सेभ गर्न सक्थे ।  

अब भने स्क्रिनसटलाई सेभ गर्न मिल्ने छैन ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.