काठमाण्डौ । जीवन अनिश्चित छ । मानिसका जीवनमा कल्पनाभन्दा बाहिरका जोखिमहरु जुनसुकै बेला पनि आउन सक्छन् । हामीमध्ये कतिपय यस्ता जोखिमका लागि तयार हुँदैनौ र यसको समाधानको पूर्वतयारी समेत गरेका हुँदैनो । स्वास्थ्य समस्या र दुर्घटना जस्ता भवितव्य जुनसुकै बेला पनि घट्न सक्छ । यी भवितव्यहरुले अतिरिक्त आर्थिक भार निम्त्याउने गर्छ । परिवारमा कमाउने कसैले मृत्युवरण गर्नु परेमा परिवारमा आर्थिक संकट निम्तन सक्छ ।
यस्ता समस्याहरुमा जीवन बीमा एउटा अचुक समाधानको माध्यम बन्न सक्छ । जीवन रहँदा र नरहँदा पनि बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने गर्छ । जीवन बीमा खरिद गर्नु जीवनको महत्वपूर्ण निर्णयहरु मध्ये एक हो ।
त्यसैले विभिन्न पक्षहरु केलाएर जीवन बीमा पोलिसी खरिद गर्ने निर्णय गर्दा फाइदाजनक हुने गर्छ । आफ्नो आर्थिक अवस्था र आवश्यकताका आधारमा बीमा पोलिसी खरिद गर्नु बुद्धिमानी हुनसक्छ । जीवन बीमा पोलिसी खरिद गर्दा यस्ता कुरामा ध्यान दिनुपर्छ :
१.मैले कुन बीमा योजना खरिद गर्दा उपयुक्त होला ?
बजारमा यस्ता कयौँ जीवन बीमा सोलुसन्सहरु छन् जसले बालबालिकाको शिक्षा,अवकाश,धन सञ्चय आदि जस्ता प्रमुख लक्ष्यहरुमा आधारित उदेश्यहरु पुरा गर्न तपाइँलाई सहयोग पुर्याउन सक्छन्। कुनै पनि प्रडक्ट खरिद गर्नुपूर्व तपाइँले आफ्नो भविष्यको आवश्यकता र आकांक्षाहरुको मूल्यांकन गर्नुपर्छ। यसले तपाइँलाई आफ्नो आवश्यकताको हिसाबले पोलिसी खरिद गर्ने सुनिश्चनता प्रदान गर्छ।
२. सबैका लागि एउटै समाधानको उपाय हुँदैन
वर्षौदेखि जीवन बीमाको खरिदलाई कसैको भविष्यका लागि गरिएको लगानीको साटो एकप्रकारको खर्चका रुपमा हेर्दै आइएको छ। मानिसहरु एउटै बीमा प्रडक्टबाट आफ्ना थुप्रै वित्तीय लक्ष्यहरु परिपूर्ती गर्ने प्रयास गर्छन। यसले तपाइँ र तपाईमा निर्भर मानिसहरुमाथि वित्तीय जोखिमको आशंका रहिरहन्छ। किनकी यसका माध्यमबाट तपाईइँले आफ्नो सुरक्षणको आवश्यकतालाई आंशिक रुपमा मात्रै पुरा गर्न सक्नुहुन्छ। उदाहरण्का लागि तपाइँ आफ्नो सन्तानका लागि एउटा कोष होस् भन्ने चाहनुहुन्छ वा आपतकालिन कोष सिर्जना गर्न चाहनुहुन्छ र आफ्ना प्रियजनहरुको भविष्यलाई पनि सुरक्षित गर्न चाहनुहुन्छ भने केवल टर्म इन्स्योरेन्स योजनाबाट यो पुुरा नहुन सक्छ। यसो गर्दा यीमध्ये निश्चित रुपमा तपाईको दुईवटा वित्तीय लक्ष्य अधुरै रहन्छ।
३. कति लाइफ कभर लिने ?
प्रयाप्त लाइफ कभरको आँकलन आम रुपमा धेरैनै भ्रमित गर्नेवाला हुन्छ,अझ विशेष गरेर यदि तपाई पहिलोपटक जीवन बीमा पोलिसी खरिद गर्दै हुनुहुन्छ भने। यसका लागि अधिकांस वित्तीय विज्ञहरुले सुझाएको एउटा नियमलाई याद गर्नुपर्छ कि तपाईको लाइफ कभर तपाइँको आम्दानीको १० गुणाबराबर हुनुपर्छ। यसले लाइफ कभर तय गर्न धेरै नै सहयोग पुर्याउँछ।
४.आफ्नो सुरक्षासँग जोडिएका आवश्यकताहरुलाई समीक्षा गरिरहनुपर्छ
तपाईको उमेर जसरी–जसरी अगाडी बढ्छ,तपाईको वित्तीय आवश्यकता पनि परिवर्तन हुँदै गर्छ। उदाहरणका लागि २५ वर्षको एउटा एकल महिलाको वित्तीय आवश्यकता ४० वर्षकी दुई सन्तानकी आमाको भन्दा भिन्न हुन्छ। त्यसैले वार्षिक रुपमा आफ्नो वित्तीय पोर्टफोलियोलाई रिभ्यु गर्नुपर्छ। त्यस्तै आफ्नो विवाह,नयाँ घर खरिद,सन्तानको जन्म जस्ता जीवनका महत्वपूर्ण घटनाका क्रममा आफ्नो बीमा सुरक्षालाई रिभ्यु गर्नुपर्छ।
५. आवश्यक जानकारी नुलुकाउने
जीवन बीमा पोलिसी खरिद गर्दा बीमा कम्पनीलाई सबै आवश्यक तथा महत्वपूर्ण जानकारीहरु उपलब्ध गराउनुपर्छ। बीमा पोलिसी खरिद गर्नुको लक्ष्य भनेको तपाई नभएको अवस्थामा तपाईका आश्रितहरुलाई भविष्यमा सहयोग उपलब्ध गराउनुहो। त्यसैले इमानदारीपूर्वक दिइएको प्रत्यके जानकारीले दाबी भुक्तानीको प्रक्रिया सहज हुन्छ। अर्को अर्थमा यसले तपाइँले जुन लक्ष्यका साथ पोलिसी खरिद गर्नुभएको थियो,त्यो पुरा हुन्छ।
६. आफै अनुसन्धान गर्नुस
तपाईले बीमा पोलिसी छान्नका लागि अभिकर्ता वा व्यक्तिगत वित्तीय सल्लाहकारको सुझाव–सल्लाह लिन सक्नुहुन्छ। तर तपाईले त्यो प्रडक्ट खरिद गर्नुपर्छ जसले तपाईको वित्तीय आवश्यकतालाई पुरा गर्नसक्छ। केवल पोलिसी खरिद गर्नका लागि मात्रै कुनैपनि योजना खरिद गर्नु उपयुक्त हुँदैन। यसका लागि आफै पनि अनुसन्धान गर्न आवश्यक हुन्छ।
७. कुन कम्पनीको पोलिसी खरिद गर्ने भनेर कसरी तय गर्ने ?
कम्पनी धेरै चर्चित छ वा छैन भनेर जान्नुभन्दा कम्पनी के का लागि चर्चित छ भन्ने जान्नु महत्वपूर्ण हुन्छ। आफ्ले जीवन बीमा पोलिसी खरिद गर्ने कम्पनीका बारेमा जान्न आवश्यक हुन्छ। पोलिसी खरिद गर्नुअघि कम्पनीको क्लेम सेटलमेन्ट रेसियो जस्ता पक्षहरुलाई हेर्नुपर्छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                