Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

दुईपटक मृत्युको मुखमै पुगेर बाँचेका भारतीय अर्बपति गौतम अडानी, भन्छन्,‘अपहरणमा पर्दा पनि मस्त निदाए’

Hyundai Nepal
दुईपटक मृत्युको मुखमै पुगेर बाँचेका भारतीय अर्बपति गौतम अडानी, भन्छन्,‘अपहरणमा पर्दा पनि मस्त निदाए’
Nabil Bank Limited

काठमाण्डौ । अडानी ग्रुपका मालिक तथा विश्वका १७ औं धनी व्यक्ति गौतम अडानीले आफ्नो जीवनकालमा एकपटक होइन दुई पटक मृत्युसँग नजिकको सामना गरेका छन् । भारतीय धनाढ्य अडानीलाई एक पटक फिरौतीको लागि गुण्डाहरूले अपहरण गरेका थिए,भने अर्कोपटक आतंककारी हमलामा परेका थिए ।  

अडानीले दुईपटकसम्म मृत्युको नजिक पुग्दाको अनुभव सुनाएका छन् । ‘नराम्रो अनुभवहरू बिर्सनु राम्रो कुरा हो। अपहरणमा परेको भोलिपल्टै म रिहा भएँ । मेरो सुरक्षा मेरो हातमा नभएकोले अपहरण हुँदा पनि म राम्रो निद्रामा सुतेँ। आफ्नो हातमा नभएका चीजहरूमा चिन्ता मनाउन गरेर बस्नु हुँदैन जस्तो लाग्छ मलाई । समयसँगै सबै कुराहरु आफ्नो ठाउँमा आउँछन्,’ अडानीले एक कार्यक्रममा भनेका छन् ।  

Shivam Cement
Sagarmatha Cement

सन् १९८८ मा, गौतम अडानीले अडानी एक्सपोर्ट्स अन्तर्गत कमोडिटी ट्रेडिङ भेन्चर स्थापना गरेका थिए । जुन यति सफल भयो कि यसबारे उनको गृह राज्यका सबैजसो पत्रपत्रिकामा चर्चा हन्थ्यो । त्यसबेला अडानीको चर्चा चुलिएको थियो । यस्तोमा अडानीको धन देखेर लोभिएका केहि व्यक्तिले उनको अपहरण गर्ने योजना बुन्न थाले । उनीहरु अडानीलाई अपहरण गर्न सफल पनि भए । अपहरणकर्ताहरूले लगभग १५ लाख डलर फिरौती मागेका थिए । प्रहरीले दायर गरेको आरोपपत्र अनुसार १ जनवरी १९९८ मा कारमा रहेका अडानी र उनका साथी शान्तिलाल पटेललाई बन्दुक देखाई अपहरण गरिएको थियो ।

एकजना स्कुटरले जबरजस्ती कार रोकेका थिए र त्यसपछि भ्यानमा आएर दुवै जनालाई अपहरण गरिएको थियो । रिहा हुनुअघि उनीहरुलाई कारमा राखेर अज्ञात स्थानमा लगिएको आरोपपत्रमा उल्लेख छ । अदानीले डरलाग्दो घटनाको बारेमा विस्तृत रूपमा सार्वजनिक रूपमा बोल्न असजिलो मान्ने गरेका थिए । यसअघि लन्डनको फाइनान्सियल टाइम्सले यस घटनाको बारेमा सोध्दा अडानीले ‘मेरो जीवनमा दुई वा तीनवटा धेरै दुर्भाग्यपूर्ण घटनाहरू घटेका छन्, तीमध्ये यो एउटा हो।’मात्रै भनेका थिए ।  

आतंककारी हमलाबाट बाचेका अडानी

गौतम अडानीको मृत्युसँगको दोस्रो मुठभेड सन् २००८ मा भएको थियो । त्यसबेला उनी आतंकवादीहरूले मुम्बईको ताज होटलमा गरेको आक्रमणमा परेका थिए । २६ नोभेम्बर २००८ मा आतंकवादीहरूले आक्रमण गर्दा अडानी मुम्बईको प्रतिष्ठित ताज होटलमा डिनर गर्दै थिए । घटनाको स्मरण गर्दै, अदानीले त्यबेला आफु दुबईमा रहेका साथीहरूसँग होटल ताजमा व्यापार बैठक गरिरहेको बताएका छन् । अडानीले होटलभित्र पसेका आतंककारीहरूलाई पनि देखेको खुलासा गरेका छन् ।

‘मैले दुबईबाट मुम्बई आएका मेरा साथीहरूसँग भेटघाट पूरा गरेको थिएँ। बिल तिरिसकेपछि, म होटलबाट बाहिर निस्कन लाग्दा मेरा केही साथीहरूले मलाई अर्को चरणको बैठक गर्न आग्रह गरे। मैले खाना खाएको रेस्टुरेन्टलाई बैठकका लागि रोजें। हामीले केहि समय पछि कफी पिएर बैठक सुरु गर्‍यौं। त्यसपछि, मैले होटलमा आक्रमण भएको थाहा पाएँ। केही मिनेट पछि, होटलका कर्मचारीहरूले मलाई पछाडिको ढोका प्रयोग गरेर भान्छामा लगे ।’ अडानी भन्छन्,‘कहिलेकाहि लाग्छ कि यदि म बिल तिरेर लबीमा सरेको भए, म आक्रमणमा फसेको हुन सक्थे । हामी १०० भन्दा बढी थियौं र सबैले आफ्नो जीवनको लागि प्रार्थना गरिरहेका थिए। कोही सोफा मुनि लुकेका थिए भने कोहि अत्तिालिएका थिए। सोफामा बसेर म उनीहरूलाई भगवानप्रति आस्था राख्न भनिरहेको थिए। यससँगै म अहमदाबादमा मेरो परिवार र होटल बाहिर मेरो कारमा रहेका मेरा चालक र कमाण्डोसँग पनि कुरा गरिरहेको थिए।’  

अडानीले मृत्यु नजिक आएको त्यो क्षणलाई वर्णन गर्दै भन्छन्,‘मैले १५ फिटको दुरीमा मृत्यु देखेँ ।’

यी दुई नजिकको मृत्युको अनुभवले पूर्ण रुपमा जीवन जिउन र आफ्ना प्रियजनहरूको मूल्याङ्कन गर्न प्रेरित गरेको अडानीले बताए ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.