शनिबार, श्रावण ३१,२०८२ 05:36:47
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 05:36:47
IME remit
Global IME Bank Limited

न्यादी हाईड्रोपावरको घाटा ४३.९८% ले घट्यो, आम्दानी बढ्यो

Hyundai Nepal
न्यादी हाईड्रोपावरको घाटा ४३.९८% ले घट्यो, आम्दानी बढ्यो
Shivam Cement

काठमाण्डौ ।  आम्दानी बढेसँगै न्यादी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४३.९८ प्रतिशतले घाटा कम गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको घाटा ९ करोड ३३ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा १६ करोड ६६ लाख रुपैयाँ थियो ।    

यस्तै अघिल्लो आवको चौथो त्रैमाससम्म ३२ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ३६ करोड ५४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ६ लाख ८९ हजार रुपैयाँ अन्य आम्दानी र १५ लाख ८७ हजार रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च २८ करोड १२ लाख रुपैयाँ र प्रशासनिक खर्च २ करोड ६४ लाख रुपैयाँ रहेको छ ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको वित्त खर्च ४५ करोड ७९ लाखबाट घटेर ४२ करोड १४ लाखमा सीमित बनेको छ ।    

कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १७ करोड ६२ लाख र कुल चालु दायित्व २३ करोड ९१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.२२ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६८.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७३.१२ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.