काठमाण्डौ । नेको इन्स्योरेन्सले गत आवमा ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६.७२ प्रतिशत कम हो । अघिल्लो आवमा इन्स्योरेन्सले ५९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कर्जा लगानी घट्दा नाफा घट्न पुगेको हो ।
अघिल्लो आवमा ४४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानीबाट आम्दानी गरेको यो कम्पनीले गत आवमा २७ करोड ८० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । यस हिसाबमा यस्तो आम्दानी ३८.२१ प्रतिशतले घटेको छ ।
कम्पनीको व्यवसाय भने सामान्य बढेको छ । अघिल्लो आवमा १ अर्ब ६० करोड २८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको यो कम्पनीले गत आवमा ७.२९ प्रतिशत बढाएर १ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ प्रिमियम संलकन गरेको छ । कम्पनीले गत आवमा १ अर्ब ६७ करोड १४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । यो रकम अघिल्लो आवको तुलनामा ६१.४७ प्रतिशत बढी हो ।
त्यस्तै, कम्पनीको चुक्तापूँजी २५ प्रतिशतले बढेर २ अर्ब ५१ करोड, महाविपत्ती कोषको आकार १९.९२ प्रतिशत बढेर १६ करोड ५८ लाख, रिटेन्ड अर्निङ ४७.१९ प्रतिशत बढेर ७५ करोड ५९ लाख रुपैयाँ र बीमा कोषको आकार ९.८२ प्रतिशत बढेर ३ अर्ब ७५ करोड ६ लाख रुपैयाँ कोषमा सञ्चित छ । कम्पनीको इपीएस २९.३४ रुपैयाँबाट घटेर २१.९० रुपैयाँ, नेटवर्थ २४५.५५ रुपैयाँ र पीई रेसियो ३२.४४ गुणा रहेको छ ।