काठमाण्डौ । दराज नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर समिट आयोजना गरेको छ । साउन ३० गते ‘ह्याप्पि सेलिङ’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना बिक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सुरुवाती चरणमा बिक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर समिटलाई यस वर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको कम्पनीले जनाएको छ । यस वर्षको कार्यक्रमअन्तर्गत दराजले बिक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।
‘दराजको सफलताको प्रमुख आधार नै हाम्रा बिक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम(एसएमई)व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरुलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं । ‘ह्याप्पि सेलिंग’ मार्फत हामी हाम्रा बिक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्न चाहान्छौँ,’ दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कि नोट प्रस्तुति दिँदै भनिन् ।
कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि बिक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनिय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए ।
कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट बिक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो । यस वर्षको दराजसेलर सम्मिटमा पुरस्कारजित्न सफलविजेताहरू को सुची यस प्रकार रहेको छ ः
-सेलर अफ द ईयर २०२५ः वानप्लस
-मनबाटै नेपाली अवार्डः त्रीकाया
-टप एसएमई सेलर अवार्डः स्मार्ट च्वाइस एनपी
-टप ईमर्जिंग सेलर अवार्डः ग्लेन नेपाल
-दराज राइजिंग एफिलिएट अफ द ईयरः श्रृष्टि सुनुवार
-टप सेलर अफ द ईयर , एफएमसीजीः ¥होटो
-फ्ल्याश सेल हिरो, एफएमसीजीः अस्टाबेरी
-क्याम्पेन हिरो, एफएमसीजीः अवीबी
-मोस्ट ईन्गेजिंग कन्टेन्ट क्रिएटर अफ द ईयरः सुक्शिता घिमिरे
-टप सेलर अफ द ईयर, ईलेक्ट्रोनिक्सः अल्टिमा लाइफस्टाइल
-फ्ल्याश सेल हिरो, ईलेक्ट्रोनिक्सः ग्रिनलाईफ एक्स्पेरियन्स
-क्याम्पेन हिरो, ईलेक्ट्रोनिक्सः बिग डिजिटल
-दराज एफिलिएट अफ द ईयरः एकता तन्डुकार
-टप सेलर अफ द ईयर, लाईफस्टाइलः सामप्रोफाइल न्यूट्रिशन नेपाल
-फ्ल्याश सेल हिरो, लाईफस्टाइलः जेम्स स्टोर नेपाल
-क्याम्पेन हिरो, लाईफस्टाइलः आफ्नो पसल
-दराजएक्स्प्रेस सेलर अफ द ईयरः अग्र्यानिकअनलाईन प्रालि
-टप सेलर अफ द ईयर, फेशनः ब्राण्डहाउस
-फ्ल्याश सेल हिरो, फेशनः शप मी
-क्याम्पेन हिरो, फेशनः भ्यान्स
-दराजमार्केटिंग सोल्युशनच्याम्पियनःसेटाफिल
-दराज कस्टमर च्वाइस अवार्डः ई मेला