सोमबार, श्रावण ४,२०८३ 07:24:50
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 07:24:50
Bizshala
Global IME Bank Limited

सवारी साधन तथा घर खरिद गर्नेहरुका लागि राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विशेष कर्जा अफर

सवारी साधन तथा घर खरिद गर्नेहरुका लागि राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विशेष कर्जा अफर
New Office

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ ।  

यसैगरी, विद्युतिय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६.१० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६.८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।  

चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज् होस भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.